दफा ९
मूल्याङ्कन गर्न सक्ने
(१) प्रधानमन्त्री तथा ८ मन्त्रिपरिषद्को कार्यालयले नेपाल सरकारको नीति, योजना तथा वार्षिक कार्यक्रमको कार्यान्वयन, कार्यसम्पादन तथा विकास नतिजा र सेवा प्रवाहको सन्दर्भमा सम्बन्धित निकाय वा पदाधिकारीलाई जवाफदेही बनाउने एवं राष्ट्रिय आकांक्षा तथा लक्ष्य हासिल गर्न सहयोग पुच्याउने उद्देश्यले अनुगमन तथा मूल्याङ्कन गर्न वा गराउन सक्नेछ।
(२) उपदफा (१) बमोजिम अनुगमन तथा मूल्याङ्कनका लागि सो कार्यालयले प्रणालीको विकास, कार्ययोजना निर्माण र नतिजामूलक कार्य सम्पादन सूचकहरुको विकास एवं प्रयोग गर्ने वा गराउनेछ।
(३) यस ऐन बमोजिम आयोग र अनुगमन तथा मूल्याङ्कन गर्ने जिम्मेवारी भएका अन्य निकायले प्रभावकारी रूपमा अनुगमन वा मूल्याङ्कन गरे वा नगरेको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक निगरानी गर्नु पर्नेछ।